काठमाडौँ । नेप्से आज पनि बढेको छ । आज विहिबार नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, हाइड्रो, लगानी, उत्पादन, निर्जीव वीमा, अन्य ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी लोहोरे खोला हाइड्रो र कलंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया डिभेन्चरको शेयर १०.६० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको ४१ करोड ३२ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २९ लाख बराबरको कारोबार भएको छ ।






































