वि.सं.२०८३ असार १८ बिहीवार

सम्पत्ति शुद्धीकरणलाई सरकारले राजनीतिक हतियारको रूपमा प्रयोग गरेको छैन : अर्थमन्त्री वाग्ले

khanepani

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणलाई सरकारले राजनीतिक हतियारको रूपमा प्रयोग नगरेको प्रस्ट पारेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अभीष्ट पूरा गर्नका लागि दुरुपयोग गरिए ग्रे लिस्टबाट निस्कन नसक्ने उनको भनाइ छ।

उनले भने, ‘यसलाई हामीले राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन, हामी ग्रे लिस्टबाट निस्कनु छ। त्यसैले सम्पत्ति शुद्धीकरण जस्तो विषयलाई हामीले राजनीतिक अभीष्ट पूरा गर्नका लागि दुरुपयोग गर्‍यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ।’

उनले पूर्वाग्रह प्रेरित भएर बदला लिनका लागि यसलाई सरकारले प्रयोग नगरेको बताए।

उनले अगाडि भने, ‘पहिला पहिला त्यसो गरिन्थ्यो। प्रधानमन्त्री कार्यालय अन्तर्गत नै राखेर जसलाई दुःख दिनुपर्ने हो, जुन नेताको तेजोबध गर्नुपर्ने हो, उसैमाथि नै केन्द्रित रहेर यो असाध्यै सशक्त हतियारको व्यापक दुरुपयोग, राजनीतिक अपराधीकरण, राज्य संयन्त्रको अस्त्रीकरण गरिएको अप्रिय पाठबाट हामीले सिकेर यसलाई प्रोफेसनल ट्र्याकमा ल्याउन खोजिरहेका छौँ। सम्पत्ति शुद्धीकरण विभाग चाहिँ प्रधानमन्त्री कार्यालय अन्तर्गत छ, यसलाई अख्तियारले मात्रै हेरे पुग्ने भन्ने छ। त्यो गलत हो। सम्पत्ति शुद्धीकरण विभाग अर्थ मन्त्रालय अन्तर्गत छ। पहिला प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको थियो र व्यापक त्यहाँबाट उजुरी सङ्कलन गरेर ठूलो पोलिटिकल हरासमेन्टको कुसंस्कार बसालियो थियो, त्यसलाई हामी सुधार्दैछौँ।’

सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई अर्थमन्त्रालय अन्तर्गत भएको बताए। सम्पत्ति शुद्धीकरणको मुद्दालाई अख्तियारले मात्रै हेरे पुग्छ भन्ने कुरा गलत भएको बताए।

ranechhap