वि.सं.२०८३ असार १८ बिहीवार

बागलुङ र प्युठान दाबी गर्दै चित्रबहादुर केसीले भने, ‘कार्यदलले केही गर्न सकेको छैन’

khanepani

कैलाली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी संसदीय निर्वाचनका लागि गठबन्धनको सीट बाँडफाँडमा आफ्नो पार्टी मात्र प्रष्ट रहेको बताएका छन् ।

गठबन्धनको बैठक र कार्यदलको बैठकमा आफूहरूले प्रतिनिधि सभा तर्फ २ क्षेत्र र प्रदेश सभा तर्फ ७ क्षेत्र माग गरेको उनले बताए। उनले त्यो बाहेक अन्य कुनै प्रगति कार्यदलमा नभएको समेत जिकिर गरे ।

‘कार्य दलमा केही पनि भएको छैन । जहाँ सुरुवात थियो त्यहि छ ।’ उनले भने ‘अहिले सम्म यस विषयमा राष्ट्रिय जनमोर्चा मात्रै प्रष्ट छ । ’
गठबन्धनमा जाने भए बागलुङ र प्युठान आफूहरूले पाउनु पर्ने अडान सुरुबाटै लिएको उनले बताए । प्रदेशका सात सीटमा पनि आफ्नो पार्टीको दाबी रहेको उनको भनाइ छ ।

केसी बागलुङ क्षेत्र नम्बर १ बाट र उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट चुनाव लड्ने तयारीमा छिन् ।शनिबार बसेको जनमोर्चा संसदीय बोर्डको बैठकले केसीलाई बागलुङ–१ बाट उम्मेदवार सिफारिस गरेको हो भने उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिनिधि सभा तर्फ यी दुई क्षेत्र छोड्न नसकिने जनमोर्चाले जनाएको छ ।उनी भन्छन्, ‘हामी बागलुङ र प्युठान छोड्दैनौँ । बाकी अरूले बाढ्नु भनेर आएका छौँ । अहिले अहिले कांग्रेसलाई एक सय चाहिने माओवादीलाई ५० चाइने ? लाज मर्नु भएको छ मलाई यस्तो कुरा नसोध्नुस् ।’

सत्ता गठबन्धन भित्र प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र भन्दा धेरै भएपनि भागबण्डा मिलाउन सकस हुन सक्ने उनको बुझाइ थियो ।
‘६ सय सिट राखेको भएपनि पुग्ने थिएन । आकांक्षी १२ सय हुन्थे नि फेरी’ उनले भने ।

ranechhap