वि.सं.२०८३ वैशाख १९ शनिवार

गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

khanepani

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा गठबन्धनले जितेको छ ।

गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन् ।

उनी नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत पाएका छन् ।

उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत पाएकी छन् ।

ranechhap