काठमाडौँ । गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल सिन्धुलीको सुनकोसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छिन् । दाहालले ५३७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रोमनराज गिरीले ५०९८ मत पाए । अध्यक्षमा निर्वाचित दाहाल सोही गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।
उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका कपिल कोइराला फराकिलो मताअन्तरले निर्वाचित भएका छन् । उनले ६५९४ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३९५८ मत प्राप्त गरिन् । ७ वडा रहेको सुनकोसीमा वडा नम्बर १ देखि ४ सम्म कांग्रेस, ५ र ६ माओवादी केन्द्र र ७ मा एमालेले जित हासिल गरेको छ ।









































