काठमाडौं। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ आचार्यालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत माघ १४ गते आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी थिइन् ।







































