वि.सं.२०८३ वैशाख १७ बिहीवार

भारतमा पछिल्लो २४ घण्टामा थप एक १ लाख ४९ हजार ३९४ सङ्क्रमित थपिए

khanepani

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा एक १ लाख ४९ हजार ३९४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् ।

आज (शुक्रबार) सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यसै अवधिमा कोरोना सङ्क्रमणको कारण १ हजार ७२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ४६ हजार ६७४ जना सङ्क्रमण मुक्त भएका छन् ।

यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको कुल सङ्ख्या पाँच लाख नाघेको छ ।

हाल देशमा १४ लाख ३५ हजार ५६९ जना कोरोनाभाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ ।

भारतमा पछिल्लो १० दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्यामा गिरावट आएको छ ।

दैनिक सङ्क्रमणदर ९।२७ प्रतिशत छ । कुल १ अर्ब ६८ करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।

ranechhap