काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुने भएका छन् ।
महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन नेपाली काँग्रेसका सभापति गगन थापा उपस्थित हुन सक्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनले भने- ‘सम्भवत नेपाली काँग्रेसबाट सभापति नै आउने सम्भावना छ । शत प्रतिशत कन्फर्म भएको छैन तर उहाँ आउने सम्भावना रहेको जानकारी दिइएको छ ।’
त्यस्तै नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट बर्षामान पुन र राप्रपाबाट राजेन्द्र लिङदेन सहभागी हुदैछन् । बुर्लाकोटीले जसपा नेपाल, जनमत पार्टी र डा. बाबुराम भट्टराईलाई पनि उद्घाटन समारोहको निमन्त्रणा गरेको जानकारी दिएका छन् ।






































