काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन नभए स्थानीय सरकार संचालनमा संकट आउने भन्दै दलहरूलाई सचेत गराएको छ । आयोगले शुक्रबार राखेको सर्वदलीय बैठकमा प्रमुख आयुक्त दिनेश थपलियाले ‘ब्रिफिङ’ गरेका थिए ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुने भन्दै थपलियाले उक्त निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने बताएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसका लागि पनि १२० दिन आवश्यक पर्ने र आयोगले प्रस्ताव गरेको समय वैशाख १४ र २२ मा निर्वाचन गर्न पनि समय घर्किन लागेको भन्दै नेताहरूको ध्यानार्कषणसमेत गराएका थिए ।








































