धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका(२ निवासी ३५ वर्षीय बिशेसर यादवले हिजो बेलुका परशुराम तलाउ (क्वारेन्टीन सेन्टर) को बगैचामा रुखमा झुण्डिएर आत्महत्या गरे ।
विशेसर यादव दिल्लीमा हल्दिराम भुजिया कम्पनीमा काम गर्थे । कोरोना महामारीबाट बच्न घर फर्के । आफ्नै गाऊको परशुराम तलाउ उच्च माध्यमिक विद्यालयमा १४ दिनसम्म कोरेन्टाइनमा बसे । कोरेन्टाइनमा हुँदा पिसिआर जाँच गराए, पोजिटभ आयो । त्यसपछि जनकरपुर अस्पतालको आइसोलेशनमा भर्ना भए । आइसोलेशनमा करिब १० दिन बसे । आइसोलेशनमा कुनै थप जाच गरेनन्। कुनै लक्षण पनि देखिएन । त्यसपछि जनकपुर आइसोलेसनले फेरि पिसिआर जाच नगरी निगेटिभ भएको प्रमाणित नभई घर पठाइदियो ।
घर आईसकेपछि परिवारले घरभित्र पस्न दिएन, बाहिरै राख्यो। उनलाई परिवारले खाना पनि पातमा दिने गरे । केही दिन अझै बाहिर नै बसाए।
उनले नगरपालिकाको मेयरलाई बारम्बार पिसिआर जाचको लागि अनुरोध गर्थे । हिजो बिहान पनि मेयरलाई पिसिआर जाच गराईदिन अनुरोध गरेका रहेछन् , मलाई कुनै लक्षण छैन्, घरका मान्छेले मसँग घृणा गर्छ, समाजका मान्छेले मलाई देखेर मुख छोप्छन्, बाटो काट्छन् । मलाई फेरि पिसिआर जाँच गराईदिनु पर्यो, ‘म पनि बच्चासँग, परिवारसँग बस्न चाहन्छु , म पनि समाजसँग बस्न चाहन्छु । घरमा बस्न चाहन्छु।’ तर, मेयरले सुनेनन्। यसरी कसैले नसुनेपछि जिवनदेखि दिक्दार भएर बिशेसरले हिजो बेलुका क्वारेन्टाइनको छेउमा रहेको रुखमा झुण्डिएर आत्महत्या गर्न बाध्य भए र गरे आत्मा हत्या । यो आत्मा हत्या गराउन भुमिका खेल्न परिवार र जनप्रतिनिधिलाई कारवाहि कहिले प्रश्न जटिल छ ।







































