वि.सं.२०८२ वैशाख ६ शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको छ ।

बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताए ।