वि.सं.२०८३ वैशाख २७ आइतवार

नेकपामा जनलहर आएको छ, नेतृत्वले सोचिबिचारी कदम चालोस् : सुदेश पराजुली

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता सुदेश पराजुलीले आफ्नो पार्टीमा अहिलेको समाजलाई राम्रोसँग बुझेका एकसे एक युवा नेता रहेको दाबी गरेका छन्। परिपक्व नेतासँग जोशले भरिपूर्ण युवा नेताको साथ रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘पार्टीमा जुन जनलहर आएको छ, जनतामा जुन उत्साह आएको छ यसलाई राजनीति प्रतिको सकारात्मक पाटोको रूपमा लिनु पर्दछ ।’
पार्टीमा आएको उत्साह जनताको आकाङ्क्षा पुरा गर्न पार्टीको उच्च नेतृत्वले अत्यन्तै सोचिबिचारी कदम चल्न जरुरी रहेको बताए।

उनले भनेका छन्, ‘अन्य पार्टीले सरकारसँग वार्तामा होस् वा अन्य चिजमा युवा नेताहरूको प्रतिनिधित्व असर दिइरहेको अवस्था छ यसबाट हाम्रो पार्टीले सिक्नै पर्दछ अवसर प्रदान गर्ने पर्छ । हाम्रो पार्टीमा अहिलेको समाजलाई राम्रोसँग बुझेका एकसे एक युवा नेता छन् । तर्क, बहस, ज्ञान, क्षमताले भरिपूर्ण भएका युवा नेताहरूको भरिपूर्ण भण्डार नेपाली कम्युनिस्ट पार्टीमा छ ।’

ranechhap