वि.सं.२०८३ साउन १३ बुधवार

माधवप्रति रामकुमारीको टिप्पणी, आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए हुने

khanepani

काठमाडौँ । नेकपा एमाले प्रवेशको तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीबाट आफूलाई कारबाही गरिएकोप्रति तीखो टिप्पणी गरेकी छिन् । पूर्वप्रधानमन्त्री माधव नेपाललाई सम्बोधन गर्दै उनले भनेकी छिन्– ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड । ‘

उनले थप लेखेकी छिन्, ‘केही अर्थ छ र अब पनि कारबाहीको ?लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईँको इतिहासलाई फेरी बल्झायो । ‘

झाँक्रीले थप भनेकी छिन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’

ranechhap