काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ(पाथिभरा)मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् ।
बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् ।
उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नु भयो। त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु। ‘
पाथीभरा पुष्पकमल दाहाल प्रचण्ड मुकुम्लुङ









































