वि.सं.२०८१ माघ ११ शुक्रवार

आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बिहान ११ बजे बस्दै

काठमाडौँ । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।

बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।