05, Dec, 2024

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक,आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ कार्तिक २०८१, शुक्रबार ११:०९ | ३ हफ्ता अगाडी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए ।

बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ ।

आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।

२३ कार्तिक २०८१, शुक्रबार ११:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading