05, Dec, 2024

नेपाली बजारमा एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ कार्तिक २०८१, शुक्रबार ११:०३ | ३ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२३ कार्तिक २०८१, शुक्रबार ११:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading