वि.सं.२०८३ वैशाख २३ बुधवार

पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै

khanepani

रूपन्देही । पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ ।

सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मर्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले अहिले साँढे १२ बजेको फ्लाइटमा लैजाने बताए ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई भैरहवा ल्याइएको थियो ।

ranechhap