काठमाडौं । सुन पसलमा हतियार देखाएर लुटपाट तथा चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर, ठिमि नगरपालिका ९ बोडे बस्ने ३० वर्षीय बिकेस राजवाहक र काठमाडौं महानगरपालिका १९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल रहेका छन् । गत बिहीबार ईन्द्रचोकस्थित एक ज्वेलरीमा हतियार देखाई लुटपाट गर्न प्रयास गरेका थिए ।
उनीहरुलाई सोमबार काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनीहरुले गत पुष २१ गते जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २५ मांसान गल्ली स्थित रहेको होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख, मोबाइल थान २ र सीसीटीभीमा समेत लुटेको अनुसन्धानको क्रममा खुल्न आएको उनले बताए ।
उनीहरुको साथबाट चाईनिज पेस्तोल, म्यागजिन,गोली ,नक र घटना भएको समयमा प्रयोग भएको कपडाहरु बरामद गरेको छ । साथै स्कुटर पनि बरामद गरेको छ ।








































