08, Oct, 2024

मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा रौतहटमा १९ सुरक्षाकर्मी घाइते

बागमती भ्वाइस
बागमती भ्वाइस
४ श्रावण २०८१, शुक्रबार ११:५४ | २ महिना अगाडी

रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा झडप भएको छ । सोक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा धकेलाधकेल भएको थियो । केही युवाले उच्छृंखल गतिविधि गरेपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा ढुंगा हानिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका छन् । घटना हिजो साँझ भएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायरसम्म गर्‍यो ।

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए । ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

४ श्रावण २०८१, शुक्रबार ११:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading