काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फेरि पनि छलफलमा जुटेका छन् ।
नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला उनीहरूबीच लगातार जसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।
स्रोतका अनुसार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा उनीहरुबीच आधा घण्टाअघिदेखि छलफल शुरू भएको छ । यसअघि चैत १३ मा पनि प्रचण्ड माधव त्यही घरमा छलफलमा बसेका थिए। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो।
१२ चैतमा पनि उनीहरू कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफलमा बसेका थिए ।








































