30, Apr, 2024

राजनीतिमा लागेका शिक्षक चिन्न शिक्षामन्त्रीले मागिन् निवार्चन आयोगसँग सहयोग

बागमती भ्वाइस
बागमती भ्वाइस
४ बैशाख २०८१, मंगलवार १५:४८ | १ हफ्ता अगाडी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानका लागि निर्वाचन आयोगको सहयोग मागेकी छन् ।

मंगलबार शिक्षा मन्त्रालयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भएको भेटमा उनले शिक्षक, कर्मचारी, प्राध्यापकहरुको राजनीतिक आवद्धता पहिचानमा सहयोग गर्न आग्रह गरेकी हुन् ।

प्रमुख आयुक्तसँग भएको छलफलबारे मन्त्री श्रेष्ठले भनिन् ‘मन्त्रालयले प्रमाण जुटाउन आवश्यक विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छौं ।’

छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारवाही गर्न समस्या नरहेको बताएका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

थपलियाको भनाइ उधृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘विगतमा निर्वाचन आयोगले निर्णय नै गरेको छ र कानुन कार्यान्वयन गराउन निर्वाचन आयोगको सहयोग रहन्छ ।’

४ बैशाख २०८१, मंगलवार १५:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading