18, May, 2024

सुन प्रकरणमा अनुसन्धानका लागि महोरालाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी

बागमती भ्वाइस
बागमती भ्वाइस
५ चैत्र २०८०, सोमबार १६:५२ | २ महिना अगाडी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ल अदालत पुर्‍याइएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

म्याद थप भएको अवधिमा उनीबारे विस्तृत अनुसन्धान हुने सीआईबी प्रमुख एआईजी श्याम ज्ञवाली बताउँछन् ।

५ चैत्र २०८०, सोमबार १६:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading