वि.सं.२०८३ असार १२ शुक्रवार

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टरसँग सम्पर्क

khanepani

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको छ ।

नाइनएनए-एमभी कलसाइनको हेलिकप्टर सम्पर्कविच्छेद भएको हो । १० बजेबाट सम्पर्कविहीन भएकोमा बीचमा एकपटक भाइबरमा सम्पर्क भएपनि अहिले पुन: हेलिकप्टर सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ ।

अहिले स्याटेलाइट माध्यमबाट सम्पर्कको प्रयास भइरहेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार अहिलेसम्म त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने भएपनि हेलिकप्टर सम्पर्कमा नआएको हो ।

ranechhap