काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकको बोल्दै सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी भएको बताए ।
उनले भने, ‘विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो । अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ । त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस् ।’
यस्तै अर्का सांसद अञ्जनी श्रेष्ठले चितवनको राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद अनिता देवीले अनागरिकलाई जतिसक्दो चाँडो नागरिकताको व्यवस्था गर्नुपर्ने माग गरे। नेपालीले दूध तथा दुग्धजन्य पदार्थलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गरे ।
सांसद आश्माकुमारी चौधरीले नेपालको कषि क्षेत्रलाई आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिए । उनले भनिन्, ‘जतापनि भ्रष्टाचार नै भ्रष्टाचार छ, किसानले समयमा मल र बीउ पाउन सकेका छैनन्, सरकारले पनि त्यसतर्फ चासो दखाएको छैन ।’









































