वि.सं.२०८३ वैशाख ३१ बिहीवार

प्यूठानमा रास्वपाका वैदिक विजयी, सुर्य थापा तेस्रो

khanepani

रुपन्देही । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत ल्याउँदा नेकपा एमालेका सूर्य थापा १६ हजार ७१० मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा रहेका छन् ।

यसअघि सो क्षेत्रमा एमालेका थापाले ५ हजारभन्दा बढी मत ल्याएर जितेका थिए । एमाले विरुद्ध सबै दलको गठबन्धन हुँदा पनि फराकिलो मतान्तरमा जितेका थापा यसपटक भने तेस्रोमा सीमित भएका हुन् । यसैबीच विजयी वैदिकलाई एमालेका उम्मेदवार थापाले बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत थापाले वैदिकलाई बधाई दिँदै जनतासामु गरेको वाचाबमोजिम सफल कार्यसम्पादनको कामना गरेका हुन् ।

ranechhap