काठमाडौँ । नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानका लागि आज चीनसँग खेल्दैछ ।
यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । आजको खेलमा जित हासिल गर्ने देश जापानमा हुने एशियन गेम्समा छनौट हुने छ ।
त्यस्तै चीन थाइल्याण्डसँग सेमिफाइनलमा पराजित भएको थियो । यसअघि समुह चरणमा नेपालले चीनलाई पराजित गरेको थियो ।
त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड खेल्दैछन् । फाइनल खेल विहान ११: ४५ बजेदेखि शरू हुने छ ।








































