काठमाडौँ । गुल्मीका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बढाएको छ ।
गुल्मीको क्षेत्र नम्बर १ मा रास्वपाका सागर ढकालले २८२१ मत प्राप्त गर्दै अगाडी छन् भने उनलाई एमालेका प्रदीप ज्ञवालीले १२१३ मत प्राप्त गर्दै पछाएका छन् । त्यस्तै काँग्रेसका चन्द्र भण्डारीले ११५८ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
त्यसति गुल्मीको क्षेत्र नम्बर २ मा पनि रास्वपाका गोविन्द पन्थीले ३१६३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई एमालेका गोकर्ण विष्टले २५७६ मत प्राप्त गरेर पछाएका छन् । त्यस्तै काँग्रेसका भुवन प्रसाद श्रेष्ठले २०१९ मत प्राप्त गरेका छन् ।









































