वि.सं.२०८३ वैशाख २२ मंगलवार

नेदरल्याण्ड्समा दोस्रो विश्वयुद्ध यताका युद्धमा ज्यान गुमाउनेहरूको स्मरण

khanepani

काठमाडौं । नेदरल्याण्ड्समा सोमवार वार्षिक राष्ट्रिय स्मृति दिवसको अवसरमा हजारौँ नागरिकहरूले राजधानी एम्स्टर्डमको ड्याम स्क्वायरमा भेला भई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेदरल्याण्ड्समा प्रत्येक वर्ष मे ४ का दिन यो दिवस मनाउने गरिन्छ । दोस्रो विश्वयुद्धको शुरुवातदेखि हालसम्म भएका विभिन्न युद्धहरू तथा विश्वका विभिन्न स्थानमा सञ्चालित शान्ति स्थापनाका मिसनहरूमा ज्यान गुमाउने डच नागरिक र सशस्त्र बलका सदस्यहरूको सम्मानमा यो दिवस समर्पित रहेको छ ।

सोमवार साँझ ड्याम स्क्वायरमा आयोजित विशेष समारोहमा सहभागीहरूले मौनधारण गर्दै युद्धमा वीरगति प्राप्त गर्ने र मारिएका नागरिकहरूप्रति सम्मान व्यक्त गरेका थिए । यो दिवसले नेदरल्याण्ड्सको इतिहासमा युद्धको प्रभाव र शान्तिका लागि दिइएको बलिदानलाई स्मरण गराउँदछ ।

ranechhap