वि.सं.२०८३ असार १६ मंगलवार

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रमले छैटौं दिन पनि पायो निरन्तरता, आज कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला पाँच सय रूपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap