वि.सं.२०८१ फागुन ३ शनिवार

आज दिउँसको २ घण्टा काठमाडौं जिल्ला प्रहरी परिसरमा, म भए पाउना

यज्ञ ढकाल

काठमाडौं । भ्रष्टाचारीहरु निरन्तर भ्रष्टाचार गरिरहन कानूनका छिद्रा खोज्छन, भ्रष्टाचारीहरु भ्रष्टाचारलाई संस्थागत गर्न साइवर कानूनको साहरा लिन पुग्छन, भ्रष्टाचारीहरु प्रशासन र प्रहरीलाई गलत ढंगले प्रयोग गर्दै पत्रकार र सञ्चारमाध्यमलाई धम्काउन, उनीहरुको सहारा लिन पुग्छन । भ्रष्टाचारीहरु सञ्चारमाध्यका आर्थिक स्रोतलाई बन्द गरेर आत्मारतिमा रमाउन अधिकारको गलत प्रयोग गर्दछन । भ्रष्टाचारीहरु सञ्चारमाध्यमले अधिकारले पाउने विज्ञापनलाई आफ्नै पुर्खाले आर्जेको सम्पती जस्तै ठानेर प्रहरीमा उजुरी दिन पुग्छन ।

उनीहरुले भ्रष्टाचार र अनियमितता गरेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगको अभियोगलाई विषयन्तर गर्न साइवर कानूनको धम्की दिएर पत्रकारहरुको कलमको तेजोबध गर्न उत्साहीत हुन्छन ।

यस्ता भ्रष्टाचारीहरु आफु सरुवा भएर आउनु भन्दा पहिले आफ्नै साथिभाईले जानेर वा नजानिकन गरिएका गलतकामको सवुद खोज्न भएभरको बल प्रयोग गरिरहन्छन र आफु विरुद्ध आएका समाचार बन्द गराउन प्रहरी गुहार्ने, यस्ता भ्रष्टाचारीहरुको उछितो काडेर समाजमा उनीहरुको मुखुण्डो उतार्नु पनि पत्रकार र सञ्चारमाध्यमको कर्तब्य र अधिकार दुवै कानुनले व्यवस्था गरेको कुरा, भ्रष्टाचारीहरुले बुझ्न जरुरी छ ।

भ्रष्टाचारी आफु विरुद्ध आएको समाचारको सम्बन्धीत सञ्चारमाध्यममा खण्डन गर्दैन । कानून अनुसार नेपाल सरकारका निकायमा दर्ता भएर कानून अनुसार सञ्चालन भएका सञ्चारमाध्यमको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलमा उजुरी दिर्दैन । उ आफुले चिनेका प्रहरी र प्रशासकलाई गलत ढंगले प्रयोग गर्दै उजुरी लिएर जान्छ र आफ्नो भ्रष्टाचारी मुखुण्डो छोप्न लागि पर्दछ ।

यस्तै भएको छ, नेपाली जनता अनलाइन पत्रिकामा प्रकाशित समाचार विरुद्धमा । नेपाली जनतामा प्रकाशित समाचारका विषयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालायमा सरुवा भएर आएका लेखाका उपसचिव गणेशप्रसाद चालिसे उनी विरुद्ध प्रकाशित समाचारको स्रोत सूकाउन र समाचारलाई बन्द गराउन नेपाल प्रहरी काठमाडौं परिसरको साइवर शाखामा उजुरी लिएर गएका थिए ।

प्रहरी परिसरबाट फोन आएपछि म अर्थात नेपाली जनताका सम्पादक तथा सञ्चालक यज्ञ ढकाल (स्तम्भकार) करिव आधा घण्टामा परिसरमा पुगेको थिए ।फोन गर्ने प्रहरी अधिकारीले तपाईको विरुद्ध जाहेरी छ भने, जाहेरी दिने व्यक्तिको बारेमा यहाँ आएपछि थाहा पाउनु हुन्छ भने । म त्यहा पुगेपछि जाहेरी वाला उपसचिव गणेशप्रसाद चालिसेलाई त्यहाँ बोलाउने काम भयो । उनी पनि बोलाएको आधा घण्टा भित्र परिसरमा पुगेका थिए । प्रहरीका अधिकारी समक्ष मैले यो समाचारमा साइवर कानून आर्कषित नहुने र पिडित प्रेस काउन्सिलमा जानु पर्ने तर्क राखेपछि प्रहरीको अलिक ओठे जवाफ थियो । त्यो तपाईले सिकाउने होइन । मैले भने, सिकाउन खोजेको होइन, मेरो आग्रह हो । प्रहरीलाई उनले (म र चालिसे)को टेलिफोन सम्वादको अडियो क्लिप समेत उपलब्ध गराएका रहेछन । प्रहरीका एकसे एक हाकिमहरु उक्त अडियो सुन्ने र उनले जाहेरीमा प्रमाणका रुपमा नेपाली जनतामा प्रकाशित समाचार पढ्न व्यस्त थिए । अडियो क्लिपमा उनले रेकर्ड गर्न लागेको कुरा समेत उनलाई टेलिफोनको क्रममा मैले भनेको थिए ।

त्यसमा साइवर क्राइम नै हुने शब्दहरु थिएनन । तर, पनि कहि कतै छिद्रा पाउन सकिन्छ कि भन्ने अनुसन्धान अधिकारीहरुलाई लागेको हुनु पर्छ । उनीहरु मलाई धम्काउने र गलाउने प्रयासमा थिए कि जस्तो आभास थियो तर, त्यस्तो भएन । प्रहरी अधिकारीका केहि प्रश्नका जवाफ मैले दिए । उनीहरुको तर्क सहज थिए । धम्काउनु र पैसा माग्नु भएन । धम्काएको छैन र पैसा विज्ञापनको मागेको हो, भन्ने मेरो तर्कसग उनीहरु सहमत भए ।

चालिसे विज्ञापनको पैसा पनि माग्न पाइर्दैन जस्तो मुढे तर्क गरिरहेका थिए तर, प्रहरी अधिकारीहरुले त्यसलाई त्यति मतलव गरेको पाइएन । तर, प्रहरी अधिकारीहरु उजुरीको फाइल बोकेर पटक पटक बाहिर भित्रचाँहि गरिरहेका थिए । माथिकै पावरले मलाई त्यहाँ बोलाइएको उनीहरुको हाउभाउले बुझ्न सकिन्थ्यो । मैले तत्काल गृह मन्त्रालयका प्रबक्तालाई र पत्रकार भाई सजिब कालाखेतीलाई जानकारी लगाएको थिए । अन्तमा प्रहरी सामान्य मिलापत्रको कागज बनाउने मुढमा पुग्यो । मैले त्यसलाई मानिन । यो प्रेस काउन्सिलको कार्यक्षेत्र हो, त्यहाँ पठाउन आग्रह गरे । सोहि अनुसार हुने भएपछि प्रहरी अधिकारीको निर्देशनमा म प्रहरी परिसरबाट बाहिर आएको थिए ।

समाचार लेख्ने मानिसको निभ भाँच्न खोज्ने भ्रष्टाचारीहरुले समयमै ख्याल राख्नु जरुरी छ । म पत्रकारीताको यो २८ वर्षमा धेरै अबरोह र आरोह खेपीसकेको मानिस हुँ । बाउ बाजेको दुई चार सुर्का खेत र आमा र श्रीमतिका गरहना बेचेर भएपनि पत्रकारीतामा लगानी गरेर दुई चार जना मानिसलाई रोजगारी दिएको छु । केहि साथि भाईहरुको दुई/चार लाख सापटी लिएको तिर्न सकिरहेको छुइन होला ? २०/२५ लाख रिन होला ? एक पैसा पनि बैक व्यालेन्स छैन । विज्ञापनमा आश भरोसा गरिन्छ । धम्की लगाएर कसैको खाइएको छैन । बरु धेरै अनियमितता र भ्रष्टाचारका कथा हेरीरहेको छु, सुनिरहेको छु ।

माओबादी जनयुद्धमा गाउँमा माओवादीको धम्की र काठमाडौंमा सुरक्षाकर्मीको धम्की, डर र त्रास पनि भोगेकै हो । छ महिना सुरक्षाकर्मीले तारीखमा राखेकै हो । सिंहदारवारको चार दिवारभित्र रात कटाएकै हो । तर, त्यो समयमा पनि डर, त्रास र धम्कीले डराएको मानिस म हैन । त्यसैले हेक्का होस, भ्रष्टाचारी र घुषखोरलाई ज्यान नै बलिदान दिनु पर्छ भने पनि दिन तयार छु । डराउने शब्द, मैले पढेको शब्दकोमा, मेरा लागि छैन । नेपाली जनताबाट साभा

Untitled