वि.सं.२०८३ जेठ ३० शनिवार

एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार, न्यायाधीश श्रेष्ठद्वारा बदर

khanepani

काठमाडौं । सर्वोच्च अदालतले विवादित व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई पार्टी कार्यालयका लागि दिएको जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न अस्वीकार गरेको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको हो । अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको सर्वोच्च अदालतले जनाएको छ ।

मीनबहादुरबाट एमालेलाई जग्गा र भवन रोक्न माग गर्दै लगिएको रिट दर्ता गर्न आदेश

सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न लगिएको रिट कात्तिक ५ गते दरपीठ हुने आदेश गरेका थिए, तर दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च प्रशासनले गरेको निर्णय बदर हुने आदेश गरेका हुन् ।

ranechhap