काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज सरकारलाई १५ बुँदे विवरण बुझाउने भएका छन् । उनको आज विवरण बुझाउने अन्तिम दिन हो ।
उनले भने, ‘आज सरकारले मागेको विवरण बुझाउने छु । अफिस समय सुरु भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइले मागेको १५ बुँदे विवरण पठाउने छु । सरकारले मागेको सबै विवरण तयार भएको छ ।’
असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमानलाई १५ बुँदे विवरण मागेको थियो ।
ट्रान्सफरमर र पोल खरिदमा भ्रष्टाचारको आशंका, ऊर्जा मन्त्रालयले कुलमानसँग माग्यो १५ बुँदे विवरण









































