वि.सं.२०८१ फागुन ४ आइतवार

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

एजेन्सी । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ११ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ९८ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८९ पैसा र बिक्रीमा ९० रूपैयाँ ३० पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७३ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रूपैयाँ १५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीमा २८ रूपैयाँ ७४ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ०९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८८ पैसा तोकिएको छ।

Untitled