22, Jul, 2024

१३ प्रहरी दुई महिनादेखि आफूखुशी गैरहाजिर, सात दिनभित्र सम्पर्कमा आउन सूचना

बागमती भ्वाइस
बागमती भ्वाइस
१० असार २०८१, सोमबार ०९:१२ | ४ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको जनाउँदै उनीहरूलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।

गैरहाजिर रहनेमा एक प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र ८ जना प्रहरी जवान छन्। त्यस्तै दुई जना प्राविधिक प्रहरी जवान पनि गैरहाजिर छन्।

प्रहरी प्रधान कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ।

१० असार २०८१, सोमबार ०९:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading