वि.सं.२०८३ साउन ३१ आइतवार

लिखुको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको समर्थन एमालेलाई, अस्मिताको पक्षमा सुभद्राले त्यागिन् उम्मेदवारी

khanepani

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेबाट बागी उम्मेदवारी दिएकी गाउँपालिका कमिटी उपाध्यक्ष सुभद्रा कटवालले आफ्नो उम्मेदवारी स्थगन गर्दै आधिकारिक उम्मेदवार अस्मिता थापालाई समर्थन जनाएकी छन् ।

लिखु गाउँपालिकाको वडानम्बर ४, यसमको मचाबारीमा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आफूले पार्टीका केही व्यक्तिको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिए पनि एमालेको विरासत जोगाउँन आधिकारिक उम्मेदवार अस्मिता थापालाई बिनाशर्त समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएको बताइन् ।

आफ्नो कारण पार्टीले हारेमा आफ्नो सन्तानको भविष्य समेत अन्धकार हुने भएकाले र आफ्नो पुर्खाले आर्जेको विरासत कायम राख्नका लागि आफूले स्वतन्त्र उम्मेद्बारी फिर्ता लिएको उने बताइन् ।

पार्टीका प्रदेश इन्चार्ज नानीबाबु बुढाथोकी, गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोविन्द पौडेल, उपाध्यक्ष उम्मेदवार तथा जिल्ला कमिटी सदस्य अस्मिता थापालगायतका नेताहरूसँगको छलफल पनि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन् ।

लिखु गाउँपालिकामा एमालेले मिलन विष्टलाई अध्यक्ष र अस्मिता थापालाई उपाध्यक्ष उम्मेदवार बनाएको छ ।

ranechhap