वि.सं.२०८३ साउन ३१ आइतवार

मकवानपुरका नेता मधु अधिकारीले छाडे राप्रपा

khanepani

मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेता अधिकारीले पार्टीमा अपमानित,अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् ।

नेता अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीमा विभिन्न उतारचढाव आयो, संघर्ष र कठिन दिनहरू पार गरेँ । यो बीचमा पार्टी शून्य अवस्थामा पुग्यो । यस्तो कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न सकिन्छ कि भन्ने आत्मविश्वासका साथ अघि बढेँ । तर पार्टीभित्र ‘काम गर्ने कालू, मकै खाने भालु’ प्रवृत्ति मौलाएकाले पार्टीबाग अलग हुनु परेको छ । ‘

पार्टीभित्र मौसमी राजनीति, सामन्ती र सर्वसत्तावादी चिन्तन प्रवृत्ति हाबी भएको भन्दै अधिकारीले नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी,अपरिपक्व र अन्यायपूर्ण देखिएको गुनासो गरेका छन् ।

‘नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोङ सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्‍यो। कुनै कार्यकर्ताको मेहनत र लगनको मूल्यांकन त परै जाओस्,उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारका रुपमा प्रयोग भयो । उनले भनेका छन्, ‘कसले दुःख गरेको छ, कसले मेहनत गरेको छ, हेक्का राख्न नसक्ने लाचार, निरीह नेतृत्वसँग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरी काम गर्न सक्छ ?’

राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिति सदस्य, पार्टी बागमती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टी मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए ।

हेर्नुस् विज्ञप्ति

ranechhap