वि.सं.२०८३ असार १९ शुक्रवार

एमसीसी पास गरे देश दुर्घटनातिर जान्छ : नेता खनाल

khanepani

काठमाडौँ । नेकपा समाजवादी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् ।

नेता खनालले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु काँग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे । सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको बताए ।

यस्तो बेलामा देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उनले औँल्याएका थिए । सांसद खनालले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो । संसदमा विभाजन आयो । राजनीतिक पार्टीहरूका बीचमा विभाजन आयो र आम जनताबीचमा समेत विभाजन आयो । यो गम्भीर सवाल हो । यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ ।

यस्तै सहमतिका सम्भावना खोज्नुपर्ने पनि उनको सुझाव थियो। जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ । नेकपा एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकाशतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ,’ नेता खनालले भने ।

ranechhap