वि.सं.२०८२ माघ ३ शनिवार

बाबु गुमाएको २० दिनपछि छोरीको कोरोना संक्रमणबाट मृत्यु

khanepani

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगर– ११ कि ४४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजमा लगिएको थियो । राति करिव ८ बजेतिरे इमर्जेन्सी कक्षमै उनको मृत्यु भएको छ ।

अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरिएको थियो भने मृत्यु हुनुभन्दा केही अगाडि मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।

उनका बुबाको २० दिनअघि मात्र मृत्यु भएको थियो । बुबाको काजक्रिया गर्दैगर्दा उनको स्वास्थ्यमा सामान्य समस्या थियो । तर परिवार शोकमा परेका कारण तत्काल उपचार गर्न ध्यान पुगेन ।