झापा । झापा गाउँपालिकामा बुधबार साँझ गोली चलेको छ। स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो।
प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।
स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।
उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले बताए।
सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो। गोली लागेर एक जना घाइते भएका छन्। स्थानीय रसिक आलम घाइते भएका हुन्।
उनको पेटमा गोली लागेको छ। उनलाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।






































