वि.सं.२०८३ जेठ १७ आइतवार

पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस

khanepani

काठमाडौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा बससँगै फसेका २७ जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
विनयत्रिवेणी गाउँपालिका–१ दुम्किबास स्थित खोलामा पानीको बहाव बढेपछि बसमा सवार यात्रुहरू फसेका हुन् । काठमाडौँबाट दाङ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति १२ बजे सो खोलामा फसेको थियो ।

यात्रुहरूलाई सशस्त्र प्रहरी बलको नम्बर–३१ गुल्मबाट खटिएका डीएसपी विनोद कार्की नेतृत्वको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उद्धार सकिएको करिब १० मिनेटमा खोलाले बस बगाएको छ । उद्धार ढिलाइ भएको भएमा मानवीय क्षति हुने जोखिम रहेको डीएसपी थापाले जानकारी दिए । उनले भने, ‘सबै यात्रुको अवस्था सामान्य छ ।’

ranechhap