28, Apr, 2024

तीव्र उतारचढावपछि नेप्से परिसूचक दोहोरो अंकले घट्यो

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ चैत्र २०८०, बुधबार १५:३१ | १ महिना अगाडी

काठमाडौं । तीव्र उतारचढावपछि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३० बिन्दुमा आडिएको हो । मंगलबार १० अंकले बढेको बजारमा २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार बजारमा ६० लाख ४७ हजार २१ कित्ताको खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । आज दोहोरो अंकले घटेको बजारमा सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले आज सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधरामा भने, ९ करोड ७१ लाख रुपैयाँका साथ सिभम सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पुँजिकरण ३२ खर्ब २० अर्ब रपैयाँ बढी रहेको छ ।

१४ चैत्र २०८०, बुधबार १५:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading