06, May, 2024

नेपाली बजारमा एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बागमती भ्वाइस
बागमती भ्वाइस
१० बैशाख २०८१, सोमबार ११:२३ | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१० बैशाख २०८१, सोमबार ११:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading