06, May, 2024

लगानी सम्मेलन हतारमा भयो, कानुनी सुधार भइसकेको छैन: युवराज खतिवडा

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ बैशाख २०८१, शुक्रबार १५:२१ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ पूर्व अर्थमन्त्री युवराज खतिवडाले तेस्रो लगानी सम्मेलन हतारमा गरिन थालेको बताएका छन्।

राजधानीमा गरिएको एक छलफल कार्यक्रममा खतिवडाले कानुन बनाउने समय राखेर असोजमा लगानी सम्मेलन गर्नु पर्नेमा कानुनी सुधारको काम नसकी लगानी सम्मेलन राखिएको बताएका हुन्।

सरकारले ऐन संशोधन गर्न अध्यादेश लिए पनि अन्तत संसदबाट नै ऐन पारित गर्नुपर्ने भएकोले प्रक्रिया मात्रै भएको बताए। ऐनसँग जोडिएका नियमावलीहरू पनि आउन ढिलाइ हुने कारणले पनि कानुनी सुधारले पूर्णता नपाएको उनको भनाइ छ।

त्यस्तै अध्यादेशमा आए बाहेकका धेरै कानुनहरू सुधार गर्नुपर्ने आवश्यकता रहेको खतिवडाले बताए।

उनले ठूला परियोजना र लगानीको आवश्यकता पूर्ति गर्नको लागि वैदेशिक लगानी आवश्यक रहेको बताए।

निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्नको लागि धेरै सम्भावना रहेको उनको भनाइ छ।

‘पूवार्धार नबन्नु नै लगानी ल्याउने बाधक होइन, त्यही पूर्वधारमा लगानी गर्ने सम्भावना हुन्छ, पहिले बत्तिनै छैन कसरी लगानीकर्ता आउँछन् भनिन्थ्यो, पछि ऊर्जा क्षेत्रमा लगानी आयो, बाटो औद्योगिक पार्क लगानीकर्ताको लागि लगानीको सम्भावना पनि हुन्,’ खतिवडाले भने।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले लगानी सम्मेलन जस्ता कार्यले लगानीको वातावरण बनाउन सहयोग पुग्ने बताए।

उनले सम्मेलनको तयारी गर्ने क्रममा धेरै कानुनहरूको संशोधन गरिएको, निजी क्षेत्रसँग छलफल गरिएको, लगानीका बाधाका विषयमा बहस गरिएको जस्ता कुराले लगानी सहजीकरणमा सहयोग पुग्ने बताए।

सरकारले आफ्नो चाहनाका परियोजनाहरू सम्मेलनमा सोकेस गरेको बताउँदै लगानीकर्ताको चाहना पनि यी परियोजनामा परे लगानी जुटाउन सहयोग पुग्ने बताए।

लगानीको वातावरण बनाउनको लागि पनि यस्ता किसिमका सम्मेलनहरू आवश्यक हुने उनको भनाइ छ।

१४ बैशाख २०८१, शुक्रबार १५:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading