04, May, 2024

नेपाली बजारमा लगातार दाेस्रो दिन पनि घट्यो सुनको मूल्य

बागमती भ्वाइस
बागमती भ्वाइस
११ बैशाख २०८१, मंगलवार ११:२५ | १ हफ्ता अगाडी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ ।

सोमबार प्रतितोला ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमाकारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

११ बैशाख २०८१, मंगलवार ११:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading