06, May, 2024

नेपाली बजारमा फेरि बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

बागमती भ्वाइस
बागमती भ्वाइस
१२ बैशाख २०८१, बुधबार ११:२२ | १ हफ्ता अगाडी

काठमाडौ । काठमााडौ नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१२ बैशाख २०८१, बुधबार ११:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading