27, Apr, 2024

आयोगले जसपासँग माग्यो समानुपातिक उम्मेदवारको नाम

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ चैत्र २०८०, बुधबार १५:१९ | १ महिना अगाडी

काठमाडौँ । निर्वाचन आयोगले रिक्त रहेको समानुपातिक सांसदको नाम सात दिनभित्र सिफारिस गर्न जनता समाजवादी पार्टी नेपाल ९जसपालाई पत्र पठाएको छ ।

जसपाको समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि संसद्को एक सिट खाली भएको छ । सो ठाउँमा समानुपातिक सूचीमा रहेका एक जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले पत्र पठाएको जसपाका कार्यालय सचिव सीपी सिंहले बताए ।

चैत ४ गते ह्रदयघातका कारण सांसद मञ्जु अन्सारीको निधन भएको थियो । निर्वाचन आयोगको वेबसाइटमा राखिएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ ।

पार्टीले उनकै नाम पठाउने तयारी गरेको छ । यद्यपि पार्टीले यसबारे आधिकारिक निर्णय गर्न बाँकी रहेको सिंहले बताए । जसपाको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो । तेस्रोमा हसिना खानको नाम रहेको छ ।

१४ चैत्र २०८०, बुधबार १५:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading