वि.सं.२०८१ चैत ६ बुधवार

ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको छ : गभर्नर अधिकारी

काठमाडौ । काठमाडौ ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले बैंकहरूमा तरलता कुल निक्षेपको ३० प्रतिशत रहेको समेत बताए।

राष्ट्र बैंकले प्रदेशगत मूल्य वृद्धिसम्बन्धी सूचक तयार गर्न लागेको समेत उनले जानकारी दिए।

कार्यक्रममा राष्ट्र बैंकलाई स्वायत्तता दिन सकेकै कारण हालका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बनसम्म गर्न नसकेको पूर्व गभर्नर दिपेन्द्र पुरूष ढकालले बताए।

‘म सरकारको सचिव थिए, सरकारले नै गभर्नर नियुक्त गरेको थियो,’ ढकालले भने, ‘सरकारले नै नियुक्त गरे पनि हामीले नै राष्ट्र बैंक ऐनमा स्वायत्तताको व्यवस्था गर्‍यौ।’

राष्ट्र बैंकमा छोटो अवधि बताए पनि पहिले निर्णय गरिहाल्ने आफ्नो स्वभावका कारण दबाबमा पनि काम गर्न सकेको बताए।

‘म पहिले आवश्यक कारबाही लगायतका काममा दस्तखत गरिहाल्थे,’ ढकालले अनुभव सुनाए, ‘अन्यबाट दबाब आउँदा मैले दस्तखत गरिसके अब पछि हटे अख्तियारले मलाई कारबाही गर्छ, त्यसैले निर्णय उल्टाउन सक्दिन भनिदिन्थे।’

वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले ढकाललाई सम्मान गरेको छ।