27, Apr, 2024

स्याङजाको वालिकमा पहिरोले पुरिएर ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि

Bagmati Voice
संवाददाता
८ आश्विन २०७७, बिहीबार १८:४८ | ३ साल अगाडी

स्याङजा । स्याङजाको वालिकमा पहिरोले पुरिएर ज्यान गुमाएका ९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । वालिङ नगरपालिका–१४ तमादिमा गएको पहिरोमा परि सात महिनाको बालकसहित एकै परिवारका नौ जनाले ज्यान गुमाएका थिए ।

गल्याङ नगरपालिका–१ मालुंगास्थित रामनदीधान राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताए ।

‘सबै जनाको शव पोष्टमार्टमको लागि ग्रहौकालिका प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइयो,’ उनले भने, ‘दिउँसो पोष्टमार्टम गरेपछि अहिले सामूहिक दाहसंस्कार गरेका हौं । परिवारमा आफन्त कोही नभएपछि दाहसंस्कारको सबै जिम्मा नगरपालिकाले लिएको छ ।’

सो पहिरोमा परि घाइते भएकी १६ वर्षीया मनिषा नेपाली भने पोखरामा उपचाररत छन् ।

८ आश्विन २०७७, बिहीबार १८:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading