04, May, 2024

गोरखाको वीरेन्द्र ताल फुट्यो, सतर्क रहन तल्लाे क्षेत्रका बासिन्दालाई आग्रह

बागमती भ्वाइस
बागमती भ्वाइस
९ बैशाख २०८१, आईतवार १०:०५ | १ हफ्ता अगाडी

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे । उनले भने, ‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’

उनले ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको जानकारी दिए ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

९ बैशाख २०८१, आईतवार १०:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading